दफा ३४
भिसा सम्बन्धी व्यवस्था
 (१) उद्योगमा लगानी गर्ने उद्देश्यले अध्ययन वा अनुसन्धान गर्न नेपाल आउने विदेशी नागरिकलाई छ महिनासम्मको गैर पर्यटक भिसा दिइनेछ ।
(२) विदेशी लगानीकर्ता वा त्यस्तो लगानीकर्ताको आश्रित परिवार वा अधिकृत प्रतिनिधि वा त्यस्तो अधिकृत प्रतिनिधिको आश्रित परिवारलाई उद्योगमा विदेशी लगानी कायम रहेसम्म नेपालमा बस्न व्यावसायिक भिसा उपलब्ध गराइनेछ ।
तर एकैपटक कम्तीमा एक करोड अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रामा लगानी गर्ने विदेशी लगानीकर्ता र निजको आश्रित परिवारलाई त्यस्तो लगानी कायम रहेसम्म आवासीय भिसा उपलब्ध गराइनेछ ।
(३) दफा ३८ बमोजिम उद्योगमा काम गर्न आउने विदेशी कामदार वा कर्मचारीलाई प्राधिकरणको सिफारिसमा गैरपर्यटक भिसा दिइनेछ ।